रेखा खोलामा शङ्कास्पद शव फेला परेपछि, दुई जनालाई पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ८, आईतबार (११ महिना अघि)
  • १०९ पटक पढिएको
रेखा खोलामा शङ्कास्पद शव फेला परेपछि, दुई जनालाई पक्राउ

दमक, ०७ मंसिर। बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक व्यक्तिको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका वडा नं. ७ मियाबारीमा रेखाखोला नजिक सोही पालिकाको वडा नं. ६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शव शङ्कास्पद अवस्थामामा फेला परेको हो ।

शनिबार राति ११ बजे शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

परिवार तथा आफन्तले शव सनाखत गरेपछि पोष्टमार्टमका लागि कोशी प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

प्रवक्ता खड्काका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान गर्ने क्रममा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ४८ वर्षीय पुरन चौधरी ३२ वर्षीय श्याम चौधरी  छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस