मंसीर २१ गते । बारा
बाराको देवताल गाउँपालिकामा महिला हिंसा बिरुद्ध कार्यक्रम सम्पन भएको छ । जिल्लाको देवताल गाउँपालिकाको वार्ड नं.१ को वडा कार्यालयको सभा कक्षमा संचालन गरिएको थियो ।
ग्रिन सिट युथ कल्व महागढिमाई नगरपालिका वडा न १ बाराको आयोजना तथा देवताल गाउपालिका, पिप्राढिको सहायतामा आईतबार सम्पन भएको छ। एक कार्यक्रमका बीच वडा न.१ का वडाअध्यक्ष अरुण सिंहले मैनबति बाली कार्यक्रमको उद्धघाटन गर्नु भएको थिए ।
उद्घाटन गर्दै वडाअध्यक्ष सिंहले महिलाको सामाजिक, आर्थिक र नेतृत्वात्मका लागी नियमित रूपमा यस्ता कार्यक्रमहरु संचालन हुनुपर्छ बताउनु भएका थिए । यस कार्यक्रमले समाजमा दिनानुदिन घटिरहेको घटनालाई हदसम्म अन्त्य गर्ने बिश्वास लिएका बताउनु भयो । कार्यक्रम सहभागी महिला हरुलाई महिला अधिकार, धार्मिक हिंसा रोकथाम, आत्मरक्षा, सामाजिक व्यवहार, नेतृत्व विकास, पारिवारिक स्वास्थ्य, आर्थिक मजबूतीकरण लगायतका विषयमा अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको थियो ।
आयोजक संस्थाको अनुसार कार्यक्रम संचालित महिला व्यवहारिक समस्या समाधान क्षमता विकास, सामुदायिक नेतृत्व ग्रहण क्षमता विकास तथा सामाजिक प्रशिक्षण सहायता सम्बन्धित कुरा गरिएको थियो । स्थानीय महिलाहरूले पनि यस्ता कार्यक्रम संचलन गरिनु आवश्यकता रहेको तथा तालिमले आफुहरुलाई जागरुक बनाइरहेको प्रतिक्रिया दिएको थिए।
उद्घाटन समारोहमा सामाजिक शाखाको प्रमुख ललन कुमार पटेल समाजसेवी नवल किशोर यादव र वडा न. १ का महिलाहरूको उल्लेखनीय उपस्थिति थियो।


