जुवातास खेलेको आरोपमा ६ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर २९, आईतबार (२ महिना अघि)
  • ३ पटक पढिएको
जुवातास खेलेको आरोपमा ६ जना पक्राउ

काठमाडौं , २८ मंसिर। काठमाडौं महानगरपालिका–१५ डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय इमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस