रमेश कुमार यादव
पुस ०६, रौतहट
दोस्रो विश्व ध्यान योग दिवस समनपुरमा सम्पन भएको छ । रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वार्ड नं.१ समनपुर स्थित रहेको ग्यालेक्सी पब्लिक स्कुलमा धुमधामसंग दिस्रो विश्व ध्यान योग दिवस सम्पन भएको छ । गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी जीवन बिज्ञान मधेश प्रदेशको संयोजक देवनाथ सिंह रहनु भएको थियो भने बिशिस्ट अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो । संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउदै आएको अवसरमा आज रौतहटमा दोस्रो विश्व योग ध्यान दिवस मनाउनु भएको हो ।

कार्यक्रममा स्वस्थ्य रहनको लागि विभिन्न प्रकारको योग गरि सिकाउनुको साथै कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएको जीवन बिज्ञान मधेश प्रदेशको प्रमुख अतिथी देवनाथ सिंहले भने आजकलको यस युगमा सबै जना आ–आफ्नो कामले ब्यस्त रहेको छ त्यस कारण समस्या पनि त्यति नै बढदो गईरहेको छ । समस्या बढनुको मुख्य कारण योग आसन्नमा ध्यान नदिनु हो ।त्यस कारण काम संगसंगै मनलाई शान्त, शरीर र आत्माबिच सन्तुलनराख्न योगको अति नै आवश्यक रहेको धारणा राख्नु भएको थियो । त्यसतै कार्यक्रमको बिशिस्ट अतिथिको रुपमा रहनु भएको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले भन्नू भयो योगले मानिसलाई स्वस्थ्य, निरोगी र सकारात्मक सोचको बिकास गर्न महत्वपूर्ण मद्द्त पुर्याउन सहयोग गर्छ भनी धारणा राख्नु भएको थियो ।
त्यस्तै दोस्रो विश्व योग दिवस कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले भने युवा, वृद्ध, अतिवृद्ध, रोगी, दुर्बल जोसुकैले पनि योगाभ्यास गरेर सफलता (सिद्धि) प्राप्त गर्न सक्दछ । हो, योगको अन्तिम लक्ष्य सिद्धि प्राप्त गर्नु हो । तर धनसिद्धि र नामसिद्धि प्राप्त गर्ने होड चलेको आजको युगमा मान्छेसँग योगसिद्धि प्राप्त गर्ने समय छैन । तर पनि आफ्नो व्यस्त दिनचर्याबाट अलिकति समय निकालेर योग–योगाभ्यास गर्यो भने आरोग्य सिद्धि प्राप्त गर्न निश्चित रूपले मद्दत पुग्छ । आजको मानिस व्यस्त छ । व्यस्त हुनु उसको बाध्यता हो । बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ध्वस्तसमेत हुँदैछ । अर्थात् कि रोगले ग्रस्त, तनावले त्रस्त र अनैतिकताले ध्वस्त । यी सबै सङ्कट र तापहरूको रामवाण औषधि भनेको नै योग हो ।

त्यति मात्र नभएर नगर प्रमुख यादवले भने निश्चय नै योग अचेलका नानाविधि ताप–सन्तापहरूको जडी औषधि हो । यही योगरुपी अमृततुल्य औषधिलाई आत्मसात् गर्ने, यसमाथि चिन्तन मनन गर्ने र यसको यथोचित प्रचारप्रसार गर्ने पर्वको नाम हो अन्तर्राष्ट्रिय योग दिवस । विश्वका २०० अधिक देशहरूमा एकसाथ मनाइने एकमात्र उत्सव हो यो योग दिवस । योग दिवस मनाउने क्रममा सुरुसुरुमा केही मतभेद, विवाद र विरोधहरू सुनिन्थे तर आज आएर योग विज्ञानप्रति कुनै पनि विवाद र विरोध सुनिँदैन ।
यसलाई एउटा आत्म उत्कर्षको विज्ञान, सार्वभौम चिकित्सा पद्धति र प्राकृतिक जीवनशैलीको रूपमा निशर्त स्वीकारिएको पाइन्छ । हामी नेपालीका लागि यो महान् गौरवको विषय हो किनकी योगको उद्गम भूमि यही नेपाल हो । हाम्रै पूर्वज ऋषि महर्षिहरूले योगको आविष्कार गरेका हुन् । योगसँगै उनीहरूले आयुर्वेद, वेद, ज्ञान, साधना र अध्यात्म विज्ञानको पनि आविष्कार गरेका थिए । जुन आज विश्वभरि प्रचारित र प्रसारित भइरहेको नगर प्रमुख यादवले बताउनु भएको थियो । ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेलेका छन । शान्ति र द्वन्द्व समाधानमा आन्तरिक रूपान्तरणको अपरिहार्यता छ ।

बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गरेका थिए । ध्यानको प्रायोगिक रूपान्तरण, नेपालद्वारा विश्वलाई जागरणको आह्वान र मानसिक स्वास्थ्यलाई वैश्विक पूर्वाधारका रूपमा विकास गरेका,’ उहाँले बताउनु भयो। कार्यक्रममा नेपाल, भारत, श्रीलंका, एण्डोरा र मेक्सिकोका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिले ध्यान दिवसको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा गढिमाई नगरपालिकाको वार्ड नं.१ का वडाअध्यक्ष रामपुकार यादव, वडा नं.२ का वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए ।यस सफल कार्यक्रममा उक्त पालिकाको वडा नं.१ का पुर्व वडाअध्यक्ष रामबिनय यादव, गढिमाई नगरपालिकाको वार्ड नं.८ का वडाअध्यक्ष बजरंगी यादव लगायत सयकडौ योग ध्यानसंग आवद्व दाजुभाई, दिदिबहिनी लगायत महानुभावहरू, शिक्षक–शिक्षिका, विद्यार्थी ,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


