काठमाडौँ ,०७ पुस। जेन–जी अभियान्त मिराज ढुंगानाको नेतृत्वमा सोमवार माइतघरमा प्रारम्भ भएको अन्दोलनको समर्थन गर्न पुगेका डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
पक्राउ परेपछि सञ्चार माध्यमसँग कुरा गर्दै भुसालले शान्तिपूर्वक गरेको प्रदर्शनमा प्रहरीको दमन भएको,प्रहरीले हातपात गरेको र प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाएका छन् ।
भुसालले जेन–जीको सरकार भएर पनि निर्दोष भाइ–बहिनीलाई गोलि हान्ने हत्यारालाई किन पक्राउ गरेन ? भन्ने प्रश्न गरेका छन् । त्यस्तै उनले गृहमन्त्री ओम प्रकाश आर्याललाई भेना सम्बोधन गर्दै ‘तपाईँ कमजोर हुनु भयो, राजीनामा दिनुहोस्’ भन्दै राजीनामाको माग गरेका छन् ।
आफूहरुले अनुमतिका लागि पत्र बुझाएको तर प्रशासनले लिन नमानेको भन्दै जेन–जी समुहका सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।


