दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार औषधी पसल कारबाही

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ७, सोमबार (२ महिना अघि)
  • ३ पटक पढिएको
दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार औषधी पसल कारबाही

 जनकपुरधाम ,०७ पुस। सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधी पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

औषधी व्यवस्था विभाग वीरगन्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन तथा छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधी पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, प्रशान्त मेडिकल हल बजरङ्ग चौक, राघव सजिर्कल पसल माछा बजार र कम्युनिटी सभिर्स अस्पताल वीरेन्द्र बजारलाई सिल गरिएको हो ।

कार्यालयले निजी अस्पतालसहित कूल दुई दर्जन औषधी पसलको अनुगमन गरेको थियो । जसमध्ये ११ वटा औषधि पसलमा फर्मासिस्ट नरहेको तथा आफूखुसी औषधी बिक्री वितरण गरेको पाइएपछि पहिलो पटकलाई चेतावनी दिइएको प्रमुख साहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस