चुरे क्षेत्रमा ३५ बिघाभन्दा बढी अवैध गाँजा खेती फडानी गरी नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ७, सोमबार (२ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

सर्लाही,०७ पुस। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाको चुरे क्षेत्रको विभिन्न स्थानमा करिव ३५ विगहा जग्गामा लगाइएको गाँजा खेतीलाई फडानी गरी नष्ट गरिएका छन् ।

लालबन्दी नगरपालिका–१४ स्थित प्रताटोल, हात्तिसुढेमा १५ विगहा ९ कत्था तथा मत्स्य दोभान शिर सहितका चुरे क्षेत्रका विभिन्न स्थानमा लगाइएको ठूलो परिमाणमा गाँजा खेतीलाई फडानी गरेर नष्ट गरिएका हुन् ।

दोभान शिर लगायत चुरे क्षेत्रका विभिन्न स्थानमा लगाइएको ठूलो परिमाणको लगाइएको गाँजा खेतीलाई फडानी गर्न ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आईतवार अवेर साँझ सम्म ३५ बिगहा क्षेत्रफलमा लगाइएको १ लाख ८० हजार भन्दा बढी गाँजाका बोटहरू फडानी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत अवैध खेतीलाई नियन्त्रण गर्न सर्लाहीको सुरक्षाकर्मीहरु प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए । सर्लाहीको चुरे क्षेत्रमा यस्ता अवैध खेती पटक पटक फेला परिरहेको हुँदा उक्त अबैध खेतीलाई अहिले सम्म ७० विगहा भन्दा बढि नष्ट गरिसकेको तथा उक्त कार्य निरन्तर रुपमा जारी रहने बताए ।

अबैध लागुऔषध गाँजा फडानीको घटनाले स्थानीय स्तरमा लागूऔषध उत्पादन र तस्करी नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढको तथा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको डिएसपी राईले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस