सिराहामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ८, मंगलबार (२ महिना अघि)
  • ५ पटक पढिएको
सिराहामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

सिराहा, ०८ पुस। सिराहाको चुरे क्षेत्रमा पर्ने धनगढीमाई नगरपालिका– १३ डाबर टोलको चितुवा खोलानजिक बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले चितुवा खोलानजिक बेवारिसे अवस्थामा सोमबार अपराह्न एकनाले भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरीले उक्त बन्दुक बरामदपछि इलाका प्रहरी कार्यालय लहानमा ल्याएर थप अनुसन्धान गरिरहेको जनाएको छ । चुरे क्षेत्रमा पर्ने गाउँबस्तीमा स्थानीय किसानहरूले लगाएको बालीनाली जंगली जनावरहरूले खाएर नष्ट गर्न थालेपछि स्थानीय किसानहरूले बालीनालीको सुरक्षाका लागि बन्दुक राखेको हुन सक्ने अनुमान गरिएको छ । बरामद गरिएको भरुवा बन्दुक कसको हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यसअघि गत २० वैशाखमा पनि गोलबजार नगरपालिका– १० डण्डा गाउँको आँपको बगैँचाछेउको झाडीमा फालिएको अवस्थामा दुई थान भरुवा बन्दुक बरामद गरेको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस