सर्लाहीमा गर्भवती महिलामाथि कुटपिट, १२ हप्ताको गर्भपतन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ८, मंगलबार (२ महिना अघि)
  • ५ पटक पढिएको
सर्लाहीमा गर्भवती महिलामाथि कुटपिट, १२ हप्ताको गर्भपतन

सर्लाही, ०८ पुस। सर्लाहीको धनकौल गाउँपालिका – ६ छोटौलकी गर्भवती अनिता देवीमाथि गाउँकै केही व्यक्तिहरूले कुटपिट गर्दा उनका १२ हप्ताको गर्भस्थ शिशुको मृत्यु भएको छ। पिडित परिवारले दोषीमाथि तत्काल कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।

अनिता देवीका अनुसार असार १६ गते बिहान सात बजे उनी आफ्नै खेतमा धान रोप्दै थिइन्। त्यतिबेला छिमेकी देव नारायण सहनी र उनकी पत्नी सागर देवी जग्गाको सिमानासम्बन्धी विवाद लिएर आए।

सामान्य झगडा चर्किँदा देव नारायणले आफ्ना भाइ जयनारायण र छोराहरू रामविर र रामजसलाई बोलाएर उनलाई संगठित रूपमा कुटपिट गर्न लगाएका थिए। जयनारायणले उनलाई मार्ने धम्कीसमेत दिएको उनले बताइन्। घटनामा संलग्नहरूले अनिताको कपाल समातेर, बाँसको लाठी, हात, मुक्का र खुट्टाबाट शरीरका विभिन्न भागमा प्रहार गरे। पेटमा रहेको गर्भ पनि चोटिल भयो।

अनिता देवी “बचाउ, बचाउ” भन्दै कराउँदै थिइन्। घटनास्थलमा उपस्थित साक्षीहरूले उनको आवाज सुने र प्रतिकार गर्न लाग्दा दोषीहरू फरार भए। सख्त घाइते अवस्थामा उनलाई पति र परिचितको सहयोगमा प्रादेशिक अस्पताल, मलंगवामा भर्ना गरियो।

स्वास्थ्य अवस्था गम्भीर भएपछि असार १८ गते हैप्पी मेडिकेयर अस्पताल, बरहथवा र पछि साउथ सिटी हिमाल अस्पताल, वीरगंजमा उपचार गरियो। चिकित्सकको प्रतिवेदन अनुसार ब्लन्ट फोर्स बाट लागेको चोट गर्भपतनको मुख्य कारण भएको पुष्टि भएको छ।

अनिताले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेकी छन्। उनी आरोप लगाइरहेकी छन् कि दोषीहरूले जानबुझेर आफ्नै र गर्भस्थ शिशुको ज्यान लिन हमला गरेका थिए। उनले मुलुकी अपराध संहिता २०७४ को दफा १८८ (१) अनुसार कारबाहीको माग गरेकी छन्।

शोशीन्द्रले भने, पत्नीको उपचारमा हालसम्म करिब १ लाख ७२ हजार रुपैयाँ खर्च भइसकेको छ। दोषीहरू अझै गाउँमा खुलेआम घुमिरहेको कारण उनीहरूलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन उनले प्रहरीसँग आग्रह गरेका छन्।

उनीहरुका अनुसार घटना घटेको भोलिपल्ट नै जिल्ला प्रहरि कार्यालय सर्लाहीमा पुगेपनि प्रहरीले निबेदन दर्ता नै गर्न मानेन, महिला पुर्न:स्थापना केन्द्र (ओरेक) सर्लाहीको पहलमा घटना घटेको लामो समयपछि निबेदन दर्ता भएपनि दोषीहरु माथि कुनै कारवाही भएको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस