रौतहट, ९ पुस । राैतहटकाे गौर नगरपालिकामा प्रभावकारी फोहोर व्यवस्थापन नहुँदा जनस्वास्थ्य जोखिम, दुर्गन्ध र आवतजावतमा समस्या देखिन थालेको छ ।
विशेष गरी वडा नं. ५ स्थित ब्रह्मस्थान नजिकको मुख्य सडकमा लामो समयदेखि फोहोर नउठाइँदा सडक दुर्गन्धित बनेको छ ।स्थानीयका अनुसार नियमित फोहोर संकलन नहुँदा लामखुट्टे, झिँगा र रोगवाहक किराहरू बढेका छन्, जसले हैजा, झाडापखाला लगायत संक्रामक रोग फैलिने खतरा बढाएको छ । फोहोरकै कारण पैदलयात्री र सवारी साधनलाई आवतजावत गर्न कठिन भएको जनाइएको छ ।
स्थानीयवासीले नगरपालिकासँग तत्काल फोहोर संकलन, सुरक्षित व्यवस्थापन र स्थायी समाधानको माग गरेका छन् । समयमै पहल नगरे समस्या अझ गम्भीर बन्ने चेतावनी समेत दिएका छन् ।


