
काठमाडौं, ११ पुस। प्रधानमन्त्री सुशीला कार्कीले तीन ठूला दलको शीर्ष नेताहरूको बैठक बोलाएकी छन्। भोलि बस्ने गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तीन दलका शीर्ष नेताहरूको समय लिनको लागि नै आज सञ्चारमन्त्री जगदीश खरेलले भेट गरिरहेका छन्। सञ्चारमन्त्री खरेलले तीनै दलको शीर्ष नेताहरूसँग भेट गरिसकेपछि समय निर्धारण गर्ने तय भएको छ।
प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि निरन्तर दलसँग संवादमा छिन्। बुधवार पनि राष्ट्रपतिसहित तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी थिइन्। त्यही बैठकमा अर्को शीर्ष बैठक बालुवाटारमा बस्ने सहमति बनेको थियो।
