सर्लाही, ११ पुस। सर्लाहीमा ट्रकको ठक्करबाट एक जना बृद्वको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको लालबन्दी नगरपालिका – २, जुटपानीस्थित नवलपुर – मलंगवा सडकखण्डमा ट्रकको ठक्करबाट एक जना बृद्वको मृत्यु भएको हो। ट्रकको ठक्करबाट स्थानीय ६९ वर्षीय मिन्दुक दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनि नातिनीलाई विद्यालयमा खाजा पुर्याएर साइकलमा घरतर्फ फर्कदै थिए, जुटपानीस्थित लर्डव्राइड वीजडम बोडङ अगाडि नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्वरको ट्रकले उनलाई ठक्कर दिएको बताएईको छ।
प्रहरीका अनुसार दुर्घटनापछि स्थानीयवासीले ट्रकमा तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनासम्बन्धी मुचुल्का संकलनको कार्य भइरहेको छ भने सुरक्षाका लागि अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।



