
सर्लाही,१२ पुस। सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको धनकौल गाउँपालिका – ५, पासवान टोलमा ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोहि पालिका वडा नम्बर ४ निवासी ३० बर्षिय अरुण राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरीलाई आज बिहान जानकारी आएको र प्रहरीको टोलि खटिएको थियो।
घटनाको कारण खुल्न सकेको छैन। अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
