
सर्लाही, १२ पुस। जेन-जी आन्दोलनका बेला फरार भएका सिन्धुली कारागारका एक कैदीलाई सर्लाही प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।
लागुऔषध मुद्दामा पाँच वर्षदेखि कैद सजाय भोगिरहेका हरिवन नगरपालिका – ३, डाबरीका बिरेन थिङ पक्राउ परेका हुन्। प्रहरीका अनुसार सिन्धुली कारागारबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका थिङलाई विशेष सूचनाका आधारमा खोजी गरिएको थियो।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले डाबरी क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका थिङलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
