पटेर्वासुगौलीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • ३ पटक पढिएको
पटेर्वासुगौलीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज, १२ पुस। पर्साको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वामा सशस्त्र प्रहरीले शनिवार अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटका मोटरसाइकलमा गाँजा लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल पोखरियाका नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको गस्ती टोलीले दुई वटा भारतीय नम्बरका मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा बरामद गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा भारत बिहारको बेतिया जिल्ला सिकटा थाना क्षेत्र अन्तर्गत बेहरा झुमका गाउँका ३७ वर्षीय अशोक महतो र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवा गाउँका ४३ वर्षीय रवीन्द्र महतो रहेका छन्

अशोक महतोले चलाएको बिआर २२ ए ५३०२ नम्बरको मोटरसाइकलमा ४ किलो ५५० ग्राम गाँजा र रवीन्द्र महतोले चलाएको बिआर २२ यु ११७८ नम्बरको मोटरसाइकलमा साढे ५ किलो गाँजा लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेको हो ।

गाँजा र मोटरसाइकलसहित दुवै जनालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र भट्टले जानकारी दिए ।

सीमा क्षेत्रमा लागूऔषध तस्करी बढ्दै गएको अवस्थामा सशस्त्र प्रहरीको कारबाहीले तस्करहरूलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस