उज्यालो नेपाल पार्टीको बैठकमा कुलमानको सहभागिता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • ३ पटक पढिएको
उज्यालो नेपाल पार्टीको बैठकमा कुलमानको सहभागिता

काठमाडौं, १२ पुस। उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक जारी छ । शनिबार दिउँसो केहीबेरदेखि बैठक जारी रहेको सो पार्टीका नेताहरूले जानकारी गराएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसिरहेको हो ।

ऊर्जामन्त्री समेत रहेका सो पार्टीका संरक्षक कुलमान घिसिङ पनि बैठकमा सहभागी भएका छन् । बैठकमा सहभागी हुनुअघि आजै बिहान पनि घिसिङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका थिए । सो क्रममा भएका छलफलबारे अहिले कुलमानले पार्टी बैठकमा ब्रिफिङ गरिरहेका छन् ।

‘उहाँ (कुलमान) पनि बैठकमा सहभागी हुनुहुन्छ । विशेषगरी बालेनसँग भएका कुराकानीबारे ब्रिफिङ हुने जानकारी हामीले पाएका छौं,’ सो पार्टीका एक नेताले भने ।

मेयर शाहले पछिल्ला केहीदिनदेखि राजनीतिक भेटवार्ता तिव्र बनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस