जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली, राजनीतिक चासो बढ्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • ३ पटक पढिएको
जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली, राजनीतिक चासो बढ्यो

काठमाडौं, १२ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार गएका छन् ।

गत २३ र २४ मा भएको जेनजीहरूको आन्दोलनपछि पदबाट अपदस्त भएका प्रधानमन्त्री ओली त्यसयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिएनन् । जेनजी आन्दोलनका क्रममा ओली प्रधानमन्त्री थिए ।

२४ भदौमा आन्दोलनले चर्को रुप लिएपछि ओली बालुवाटारबाटै राजीनामा दिएर बाहिरिएका थिए । उनी त्यो दिन नेपाली सेनाको हेलिकप्टर चढेर बाहिरिएका थिए ।

त्यसयता, उनी आज पहिलोपटक बालुवाटार गएका हुन् । प्रचण्ड र ओली पनि जेनजी आन्दोलनपछि पहिलोपटक नै बालुवाटार पुगेका हुन् । यद्यपि उनीहरू त्यतिबेला पदमा थिएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस