हुम्लामा आगलागी दुर्घटना, एक बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • ३ पटक पढिएको
हुम्लामा आगलागी दुर्घटना, एक बालकको मृत्यु

काठमाडौं, १२ पुस। हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार साँझ लागेको आगलागीमा परेर खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेडाराको मृत्यु भएको हो ।

छेपी जेठरा र रामराज जेठराको घर आगलागी हुदाँ २ वर्षका रेबेन्द जेठाराको मृत्यु भएको खार्पुनाथ गाउँपालिका–२ का दया रावलले जानकारी दिए ।

आगलागीबाट घरमा मालसामान जलेर पुन नष्ट भएको रावलले बताए । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस