
काठमाडौं, १३ पुस। हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक जनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिकाका १ वर्षीय बालक रवीन्द्र जेठारा छन् ।
आगलागी हुँदा उनकी आमा बर्रा जेठारा घाइते भएका छन् । आगो नजिकै रहेको पेट्रोल ठुलो भाँडोबाट सानोमा खन्याउने क्रममा आगलागी भएको हुम्लाका डीएसपी शंकर खड्काले रातोपाटीलाई बताए ।
आगो निभाउने क्रममा छिमेकी २० वर्षीया जेनिशा रावल पनि घाइते भएकी छन् । उनीहरूको सिमीकोट अस्पतालमा उपचार भइरहेको छ ।
