एमाले सचिवालय बैठक सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • ५ पटक पढिएको
एमाले सचिवालय बैठक सुरु

काठमाडौं, १३ पुस। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा मुख्य छलफल रहेको नेताहरूले बताएका छन् ।

आगामी २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले भोलिसम्ममा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ ।

यसका लागि एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारिसकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सुचीमाथि जारी बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस