लागुऔषध ओसारपसारको आशंका, दुई भारतीय पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
लागुऔषध ओसारपसारको आशंका, दुई भारतीय पक्राउ

सिराहा, १४ पुस। सिराहाको दक्षिणी सिराहा नगरपालिका– २१ लगडीगोठबाट प्रहरीले ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी गस्ती टोलीले मोटरसाइकल चढेर भारत हुँदै नेपालतर्फ आएका दुईजना भारतीय नागरिकलाई एक ग्राम २५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला तिनवाही ग्रामपञ्चायत कुमरखत थाना लदनिया– १३ का करिब २१ वर्षीय दीपककुमार यादव र पदमाथाना १ बस्ने करिब २० वर्षीय विवेककुमार यादव छन्। 

दीपकले चलाएको बिआर ३२ बिडी १३११ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ आउँदै गरेका दुवैजनालाई लगडीगोठ प्रहरीबाट खटिएको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा विवेकले लगाएको ज्याकेटमा कालो प्लास्टिकमा लुकाएको ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको हो। मोटरसाइकलसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  
 

ताजा अपडेट

खोजी गर्नुहोस