काठमाडौँ, १५ पुस। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ स्थित गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार चक्रपथबाट हात्तीगौंडा जाँदै गरेको प्रदेश–२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
दुर्घटनामा परेर घाइते भएका २५ वर्षीय अबि श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । मोटरसाइकल अनियन्त्रित भएर विद्युत्को पोलमा ठक्कर खाएको थियो । मृतक श्रेष्ठ रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्थानीय हुन् ।


