नवलपरासी, १५ पुस। प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशका ११ जिल्लाबाट १० जना समेटेको छ ।
रास्वपाका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार मुस्ताङका जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मनकाजी श्रेष्ठ, डा रुपक विक घिमिरे र किशोर गन्धर्व, गाेरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीका दिपककुमार बोगटी, बाग्लुङका कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ । तनहुँबाट ३ जना र कास्कीबाट २ जना परेका छन् ।
गण्डकी प्रदेशमा रास्वपाको बलियो संगठन भएको मानिने पूर्वी नवलपरासीबाट भने समानुपातिक सूचीमा कोही अटाएका छैनन्।


