रौतहट, १६ पुस। भारतीय सीमासँग जोडिएको बाराको सिम्रौनगढ नगरक्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजा सहित दुई जना युवकलाई पक्राउ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार, नियमित चेकिंगमा रहेका प्रहरीले मंगलवार राति सबा ८ बजेको समयमा वडा नम्वर ३ ब्रह्मस्थान रामनगरबाट डाट गाउँ तर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गदर्खा बाइकमा सवार पचरौता नगरपालिका–३ रामनगर टोल निवासी ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेललाई १० किलो गाँजा सहित पक्राउ गरेका हुन् ।
गाँजा, मोटरसाइकलसहित चालक कुशवाहा र पछाडि सवार पटेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिए ।


