प्राइड क्यासिनो लुट काण्ड: दोर्जे शेर्पा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • २ पटक पढिएको
प्राइड क्यासिनो लुट काण्ड: दोर्जे शेर्पा पक्राउ

काठमाडौँ, १८ पुस। बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनो लुटपाटमा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भएर गोकर्णेश्वर बस्ने ३० वर्षीय दोर्जे शेर्पा छन् । 

उनलाई पुस १४ मा कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा क्यासिनोमा भएको लुटपाटमा शेर्पा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । यसअघि प्रहरीले मंसिर १२ मा सेठ्ठी भनेर चिनिने दावा शेर्पा र रने भनेर चिनिने रन्जित खड्गीलाई पक्राउ गरेको थियो । दावा र खड्गी  गुण्डागर्दी पृष्ठभूमिका हुन् ।

प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ मा सेठ्ठीले टेबल चलाएका थिए । प्रदर्शनको मौकामा लुटेराहरुले क्यासिनोबाट नगद १४ करोड लुटेको क्यासिनो सञ्चालकले दाबी गरेका छन् । अराजक जत्थाले लुटपाटपछि क्यासिनो भित्र रहेका संरचनाहरू तोडफोड र आगजनी गरेर फरार भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस