श्रीमती हत्या आरोपमा ८ वर्षपछि प्रतिवादी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
श्रीमती हत्या आरोपमा ८ वर्षपछि प्रतिवादी पक्राउ

काठमाडौँ, १८ पुस। भोजपुरमा श्रीमतीको हत्या गरेर भागेका प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका वडा नम्बर–६ देउराली टोल घर भएका ५३ वर्षीय नारदमणि राई छन् ।

२०७४ साउन १९ मा उनले आफ्नी ४५ वर्षीया पत्नी अम्बिका श्रेष्ठ राईको हत्या गरेको भोजपुरका डीएसपी राजु लामाले बताए । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा उनलाई मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।

थुनछेक बहसपछि अदालतको आदेशले पुस १७ मा प्रतिवादीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको डीएसपी लामाले जानकारी दिए । प्रहरीले उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस