उपत्यकाका तीन मालपोत कार्यालय प्रमुख फेरिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (१ महिना अघि)
  • ५ पटक पढिएको
उपत्यकाका तीन मालपोत कार्यालय प्रमुख फेरिए

काठमाडौं, २१ पुस। काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् । सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।

सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ । भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् ।

उनीहरुलाई केपी शर्मा ओली नेतृत्वका सरकारका मन्त्री बलराम अधिकारीको पालमा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका थिए । वर्तमान सरकारले हटाएको हो ।

उपत्यकाका यी कार्यालयहरुमा बिचौलियाको बिगबिगी हुने गरेको र त्यसमा कर्मचारीहरुको संलग्नता हुने गरेको गुनासो आउने गरेको मन्त्रालय स्रोत बताउँछु ।

ताजा अपडेट

खोजी गर्नुहोस