
काठमाडौं, ०८ फाल्गुन। दाङमा स्थानीयहरूले नेकपा (एमाले)को झन्डा जलाएका छन् ।
स्थानीयहरूले एमाले नेतृत्व प्रति आक्रोश पोख्दै बिहीबार साँझ एमालेको चुनाव चिह्न (सूर्य) जलाएका हुन् । स्वतःस्फूर्त रूपमा जम्मा भएका स्थानीयहरूले एमाले विरुद्ध नारा लगाउँदै झन्डा जलाएको बुझिएको छ ।
उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झन्डा जलाएका हुन् । झन्डा जलाइरहँदा उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएको भिडियोमा देखिन्छ ।
एमालेले भने झन्डा जलाउने कार्यमा संलग्न रहेका व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता भएको दाबी गरेको छ । एमालेका अनुसार आज शुक्रवार आयोजना हुने चुनावी सभाका लागि आउँदै गरेका पार्टी सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ताले झन्डा जलाएका हुन् ।
यद्यपि, रास्वपाले घुसपैठ भएको दाबी गरेको छ । पार्टीले एउटा प्रेस विज्ञप्ति नै जारी गर्दै आरोपहरूलाई भ्रामक बताउँदै घटनालाई आफ्नो सङ्गठनलाई बदनाम गराउने नियोजित षडयन्त्र भएको बताएको छ ।
हेर्नुहोस्, रास्वपाको प्रेस विज्ञप्ति:


