दुई दाबेदारका कारण एमाले दल नेता चयन हुन सकेन, आज चुनाव हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (३ हप्ता अघि)
  • १२३ पटक पढिएको
दुई दाबेदारका कारण एमाले दल नेता चयन हुन सकेन, आज चुनाव हुने

काठमाडौं, १८ चैत। आकाङ्क्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेले संसदीय दलको नेता चुनावबाट छान्ने भएको छ ।

बुधवार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेको हो । एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए । आजै सांसदहरूबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनको भनाइ छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस