२ अर्बको क्रिप्टो कारोबार प्रकरणमा प्रहरीको एक्सन, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (४७ मिनेट अघि)
  • ३१ पटक पढिएको
२ अर्बको क्रिप्टो कारोबार प्रकरणमा प्रहरीको एक्सन, एक जना पक्राउ

धनुषा,१३ कात्तिक। दुई अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव छन् ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने/खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रूपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको छ ।

उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस