नेकपाको संसद्‌मा भनाइ : सीमाका विषयमा नेपाली कहिल्यै यति विभाजित थिएनन्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (२ घण्टा अघि)
  • ४३ पटक पढिएको
नेकपाको संसद्‌मा भनाइ : सीमाका विषयमा नेपाली कहिल्यै यति विभाजित थिएनन्

काठमाडौं, २७ जेठ। नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसद्मा छलफल चलेको भन्दै दु:ख व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आज हामी यहाँ हाम्रो भूअखण्डता, हाम्रो सीमाका विषयमा छलफल गर्न बाध्य भएका छौं । छलफल गर्दा विभाजित भएर छलफल गर्न बाध्य भएका छौं,’ सांसद हमालले भने, ‘नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि नेपालको सीमा सन्दर्भमा, राष्ट्रियता, सार्वभौमिकताको सन्दर्भमा, स्वाभीमानको सन्दर्भमा विभाजित भएको थिएनौं ।’

प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर राष्ट्र विरोधी, नेपालको भू अखण्डताको विरुद्धमा अभिव्यक्ति दिएकाले यस्तो अवस्था आएको उनले बताए ।

प्रधानमन्त्री बालेनले नेपाली जनतासँग माफी माग्नुपर्ने र उनले बोलेको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस