रास्वपाको दस्तावेजप्रति नेकपाको आपत्ति, ‘लोकतन्त्रको आधार हल्लाउने गन्ध आयो’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (१ महिना अघि)
  • ५७ पटक पढिएको
रास्वपाको दस्तावेजप्रति नेकपाको आपत्ति, ‘लोकतन्त्रको आधार हल्लाउने गन्ध आयो’

काठमाडौं, १४ असार। नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।

उनले भने, ‘संसदीय निर्वाचनको सङ्ख्यामा सानो हौँ या ठुलो, त्यो आवधिक परिणाम हो। हामी आवधिक चुनावमा यो पटक तपाईँहरूसँग हारेका हौँ, सधैँका लागि हारेका होइनौँ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौँ। दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारूढ दललाई हेक्का दिलाउन चाहन्छु।’

नेपालका प्रगतिशील, लोकतान्त्रिक एवं वामपन्थी जनमतको पुनः सम्मान गर्दै देशको नेतृत्व गर्ने सपना किञ्चित विचलित नभएको बताए ।

उनले थपे, ‘हामी एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्नेछौँ। हामी स्वच्छ प्रतिस्पर्धासहित राष्ट्र निर्माणमा अगाडि बढ्नेछौँ। हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध कुनै पनि कार्यको डटेर सामना गर्नेछौँ।’

ताजा अपडेट

खोजी गर्नुहोस