नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (१५ घण्टा अघि)
  • ६२ पटक पढिएको
नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज, ११ साउन। नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे पनि सूक्ष्म अनुसन्धान भइरहेको छ।

मन्त्रालयको टोली वीरगञ्ज प्रस्थान

घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वयका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट एक प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ।

घाइते चिकित्सकको उपचार र मन्त्रीको निर्देशन

यसैबीच, घटनामा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बन्धित निकायलाई कडा निर्देशन दिएकी छन्। घाइते चिकित्सक रामको उपचारको आवश्यक व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस