नारायणी अस्पतालको माग– सीसीटीभी फुटेजका आधारमा अराजक व्यक्तिमाथि कारबाही गर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (३ घण्टा अघि)
  • २८ पटक पढिएको
नारायणी अस्पतालको माग– सीसीटीभी फुटेजका आधारमा अराजक व्यक्तिमाथि कारबाही गर

वीरगञ्ज, ११ साउन। वीरगञ्जको नारायणी अस्पतालले शनिबार भएको घटनाबारे सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरन्जन शाहले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

अस्पतालले सो दिनको सीसीटीभी फुटेज समेत सम्बन्धी निकायमा पठाइएको भन्दै सीसीटीभी फुटेजका आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेको हो ।

शनिबार वीरगञ्ज महानगरपालिका-२५ का ५० वर्षीय राजकुमार पटेलको उपचारको क्रममा मृत्यु भएको थियो । उनका आफन्तले पटेलको उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पटेलको मृत्यु भएको भन्दै प्रदर्शन गरेका थिए ।

तर अस्पताल प्रशासनले भने मृतकका आफन्तले चिकित्सकहरूमाथि नै सांघातिक आक्रमण गरेको बताएको छ । मृतकका आफन्तको आक्रमणबाट डा. प्रमोद राम गम्भीर घाइते भएको अस्पतालले जनाएको छ । उनको आईसीयूमा उपचार भइरहेको अस्पतालको भनाइ ५ ।

उक्त घटनापश्चात अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मानसिक र शारीरिक रूपमा भयभित भई सेवा प्रवाह गर्न सक्षमता नदेखाई रहेकोले अस्पतालको सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

उक्त घटना पश्चात पीडित पक्ष र अस्पताल प्रशासनबीच छानबिन समिति गठन गर्ने सहमित समेत भएको थियो । साथै उक्त दिन आकस्मिक कक्षमा खटिएका केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निलम्बन गर्ने निर्णय समेत भएको थयो ।

हेर्नुहोस् विज्ञप्ति :

ताजा अपडेट

खोजी गर्नुहोस