गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस कार्यालय पुगे रवि

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (१ घण्टा अघि)
  • २३ पटक पढिएको
गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस कार्यालय पुगे रवि

काठमाडौँ, १३ साउन। रास्वपाका सभापति रवि लामिछान् पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगेका छन् ।

सर्वदलीय बैठक सकेर सभापति लामिछाने कांग्रेस पार्टी कार्यालय पुगेर दिवंगत श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार निधन भएका श्रेष्ठको पार्शिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।

श्रद्धाञ्जलीपछि उनको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो ।

कांग्रेस सभापति गगन थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस