
काठमाडौँ, १३ साउन।नेपालमा बाघको संख्या वृद्धि भएर ४२९ पुगेको छ । २०८२ सालको गणनामा बाघको संख्या ३३५ बाट बढेर ४२९ परेको हो ।
बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो । यसअघि २०७८ मा गरिएको गणनामा देशभर बाघको संख्या ३५५ रहेको थियो ।
पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको गणनाले देखिएको छ । जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११२, बाँके राष्ट्रिय निकुञ्जमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ पुगेका छन् ।
यसअघि, २०७८ मा गरिएको गणनामा सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए ।
यसपटकको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, बाँके राष्ट्रिय निकुञ्जमा २६, पर्सा राष्ट्रिय निकुञ्जमा ३०, शुक्लाफाँटामा १४ वटा बाघ बढेका छन् । तर, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको देखिएको छ ।
२०७४ को गणनामा नेपालमा २३५ बाघ रहेकोमा २०७९ मा १२० बढेर ३५५ पुगेको थियो । यसपटकको गणनामा बाघको बृद्धिदर भने घटेको देखिएको छ । अघिल्लोपटक झण्डैं ५१ प्रतिशतले बढेको बाघको बृद्धिदर यसपटकको गणनामा जम्मा २१ प्रतिशत मात्रै रहेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना गर्दै आएको छ ।

