राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच शिष्टाचार भेटवार्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १३ साउन। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार भेट गरेका छन् ।

सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

सुनसरी घटनाकाबारेमा सर्वदलीय धारणा बनाउन लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाएको थिए । उक्त बैठकले घटनाको शान्तिपूर्ण समाधान गर्ने संयुक्त अपिल गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस