
काठमाडौँ ,१० कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे ।
चितवनका कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिए भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १–१ विकेट लिए ।
विराटनगरका चार बलरले १–१ विकेट लिएका थिए ।
