उदयपुरमा यात्रुवाहक जिप दुर्घटनामा, १५ जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
उदयपुरमा यात्रुवाहक जिप दुर्घटनामा, १५ जना घाइते

उदयपुर,०९ कात्तिक। उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ ।

दुर्घटनामा परी कटारी नगरपालिका-११ का २९ वर्षीय निर्पबहादुर खड्का सामान्य घाइते भएका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस