१२ देखि १५ गतेसम्म रौतहटमा मौसम प्रतिकूल हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
१२ देखि १५ गतेसम्म रौतहटमा मौसम प्रतिकूल हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

रौतहट ,१० कात्तिक। बंगालको खाडीमा विकसित भईरहेका चक्रवातको प्रभावले रौतहट सहित आसपासका क्षेत्रमा हावाहुरी, भारी वर्षा र चट्याङको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी गर्न र आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो । जारी सूचना अनुसार कार्तिक १२ देखि १५ गते सम्म हावाहुरी, भारी वर्षा र चट्याङको सम्भावना रहेकोमा विशेष सतर्कता अपनाउन आवश्यक रहेको भन्दै सर्वसाधारण समक्ष आग्रह गरेको हो ।

प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा सर्न आग्रह गरे । सुरक्षित स्थानमा सर्ने क्रममा समस्या भएमा स्थानीय तहसँग सम्पर्क गर्न तथा नजिकको सुरक्षा युनिट सँग समन्वय गरी आवश्यक सहयोग लिन समेत अनुरोध गरिएको छ ।

त्यसैगरी, रातिको समयमा अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था आएमा सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहबाट आवश्यक सूचना र जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेका छन् ।
यात्राका क्रममा मौसम प्रतिकूल भएमा गन्तव्यमा जसरी पनि पुग्ने हठ नगर्न पनि सूचनामा उल्लेख गरिएको छ । आफू रहेको स्थान आसपासमै सुरक्षित ठाउँ खोजेर बस्नुपर्ने प्रशासनदे सुझाव दिए ।

विपद्बाट जोखिममा पर्न सक्ने नागरिकको सुरक्षामा विशेष जोड

जिल्ला प्रशासनले वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पूर्वतयारी गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरे ।

त्यस्तै, धानबाली काट्ने तथा भित्रर्याउने लगायतका कृषि कार्य सम्भव भएसम्म कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न किसानलाई अनुरोध गरिएको छ । माथिल्लो तटीय क्षेत्रमा बाढीको अवस्था बुझ्न निरन्तर सूचना आदानप्रदान गर्न र सम्भावित जोखिमबाट बच्न समयमै आवश्यक कदम चाल्न पनि प्रशासनले जोड दिए ।

स्थानीय तह तथा विपद् स्वयंसेवक मार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र विपद् आइपरे तत्काल उद्धार कार्यमा सहभागी हुने व्यवस्था मिलाउन समेत आग्रह गरे ।

आपत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्न आग्रह

जिल्ला प्रशासन कार्यालयले विपद्को समयमा सहयोग, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको ११४४ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (म्भ्इऋ) को नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरे ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा सम्भावित जोखिमलाई सामान्य रूपमा नलिई समयमै सतर्कता अपनाउन तथा विपद् व्यवस्थापनमा सम्बन्धित निकाय सँग समन्वय गर्न सबै संग आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस