
चितवन ,१६ कात्तिक। चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् ।
कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा–८ घर भएका २९ वर्षीय राज जयसवाल पक्राउ परेका हुन् ।
तेलीलाई करिब २ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।
जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका, १५ हजार भारतीय रूपैयाँ र १ लाख ४८ हजार ३ सय नेपाली रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
