मधेशमा नयाँ सरकार गठनको कसरत, दलहरूबीच संवाद जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
मधेशमा नयाँ सरकार गठनको कसरत, दलहरूबीच संवाद जारी

महोत्तरी ,१६ कात्तिक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् ।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको बताए ।

उनले भद्दे, ‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।’

प्रचण्डले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताए ।

‘यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,’ उनले भने, ‘यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस