रसुवा बाढीमा बेपत्ता जवानको कुशको शव बनाएर अन्तिम संस्कार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १७, शनिबार (२ हप्ता अघि)
  • १६१ पटक पढिएको
रसुवा बाढीमा बेपत्ता जवानको कुशको शव बनाएर अन्तिम संस्कार

रौतहट,१७ असोज। रसुवाको बाढीमा बेपत्ता नेपाली सेना जवान रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका छोरा २२ वर्षीय अभिषेक गुप्ताको कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

नेपाली सेनाको श्री शेरगण कार्यालयमा कार्यरत अभिषेक गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए ।

घटनापछि नेपाली सेना, विभिन्न सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा उनको खोजी कार्य लामो समयसम्म जारी राखिएको थियो । तर, हालसम्म पनि उनको अवस्था र ठेगाना पत्ता लाग्न सकेको छैन ।

अभिषेकको अवस्था लामो समयसम्म अज्ञात रहेपछि मृत्यु भइसकेको ठानेर हिन्दु परम्पराअनुसार शुक्रबार उनको कुशको शव बनाई अन्तिम दाहसंस्कार गरिएको हो ।

अन्त्येष्टिका क्रममा नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस