अदालतमा उपस्थित भएर लामिछाने काठमाडौँ फर्किए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (३ हप्ता अघि)
  • १२५ पटक पढिएको
अदालतमा उपस्थित भएर लामिछाने काठमाडौँ फर्किए

काठमाडौं, १८ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ फर्किएका छन्।

बुधबार सिमरा हुँदै विरगञ्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाकाबीच काठमाडौँ फर्किएका छन्।

अदालत परिसरमा उनको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो। लामिछाने अदालत पुग्दा उनका समर्थकहरू पनि आसपास क्षेत्रमा भेला भएका थिए।

यसअघि पनि विभिन्न मुद्दाका सन्दर्भमा लामिछाने पटक–पटक अदालतमा उपस्थित हुँदै आएका छन्। पछिल्लो पटकको उपस्थितिसँगै उनले कानुनी प्रक्रियाअनुसारको दायित्व पूरा गरी पुनः काठमाडौँ फर्किएका हुन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस