अनलाइन सट्टाबाजी सञ्चालन आरोपमा एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (४ महिना अघि)
  • १२६ पटक पढिएको
अनलाइन सट्टाबाजी सञ्चालन आरोपमा एक युवक पक्राउ

काठमाडौं, ०६ चैत। अनलाइन मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने मोरङ उर्लाबारी नगरपालिका–६ हाटखोलाका २६ वर्षीय मोहन लुईंटेललाई प्रहरीले पक्राउ गरेको छ ।

सोसल मिडिया एन्ड अनलाइन पेमेन्ट प्ल्याटफर्म मार्फत अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न भएका आरोपमा कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मोहनले अनलाइन मार्फत गेम रुम, गेम भल्ट, जुवा, लास भेगस लगायतका बेटिङ साइट मार्फत डिजिटल वालेट खोल्न लगाई विदेशी भुक्तानी सङ्कलन गरी अनलाइन बेटिङ खेलाउने गरेको खुल्न आएको छ ।

साथै प्रहरीले उनको साथबाट मनिटर ३ थान, सिपियु १ थान, आइप्याड १ थान, बागमती प्रदेश ०२–०६० प ०६५६ नम्बरको मोटरसाइकल र नगद ३६ हजार रुपैयाँ समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस