अमेरिकी मध्यावधि चुनावपछि इरान युद्ध अन्त्य हुने ट्रम्पको दाबी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २५, बिहिबार (१६ मिनेट अघि)
  • ४५ पटक पढिएको
अमेरिकी मध्यावधि चुनावपछि इरान युद्ध अन्त्य हुने ट्रम्पको दाबी

काठमाडौं, २५ भदौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलगत्तै इरानसँग जारी युद्ध अन्त्य हुने दाबी गरेका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ‘अमेरिकी चुनावलगत्तै युद्ध अन्त्य हुने’ बताएका हुन् । उनका अनुसार इरानले अमेरिकी निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरिरहेको भए पनि लामो समयसम्म युद्ध धान्न सक्ने अवस्थामा छैन ।

ट्रम्पले इरान आणविक हतियार प्राप्त गर्न खोजिरहेका कारण यसअघिका वार्ता निष्कर्षमा पुग्न नसकेको दाबी गरे। अब हुने वार्तामा यसअघिभन्दा फरक प्रस्तावसहित अमेरिका प्रस्तुत हुने उनको भनाइ छ।

उनले आणविक कार्यक्रम व्यवस्थापनका लागि विभिन्न विकल्पसहितको प्रस्ताव अमेरिकासँग रहेको बताए। यद्यपि, इरानसँग तत्काल वार्ता अघि बढाउने विषयमा भने आफूहरू उत्सुक नरहेको ट्रम्पले स्पष्ट पारेका छन्।

ट्रम्पले इरानी सरकारले जनसमर्थन गुमाउँदै गएको दाबी गर्दै अमेरिकी मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने दाबी दोहोर्‍याएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस