अवैध हतियारसहित सुनसरीबाट दुई जना प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २४, बुधबार (२ महिना अघि)
  • १३० पटक पढिएको
अवैध हतियारसहित सुनसरीबाट दुई जना प्रहरी नियन्त्रणमा

सुनसरी, २४ असार। सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७, रानीबस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८, अशोक चोक बस्ने ३२ वर्षीय इम्रान खान छन् ।

मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो।

चेकजाँचका क्रममा नुरको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरिएको हो ।

दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, दुवैजनामाथि थप अनुसन्धान र कारबाही भइरहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस