अस्ट्रेलियाले सी–१७ ग्लोबमास्टरमार्फत नेपाल पठाउँदै राहत सामग्री

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १५, सोमबार (४५ मिनेट अघि)
  • ५२ पटक पढिएको
अस्ट्रेलियाले सी–१७ ग्लोबमास्टरमार्फत नेपाल पठाउँदै राहत सामग्री

काठमाडौ, १५ भदौ। नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ।

अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री, उपकरण र जनशक्ति बोकेको ‘रोयल अस्ट्रेलियन एयर फोर्स’ को ‘सी-१७ ए ग्लोबमास्टर ३’ विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ।

नेपालले बेहोरिरहेको विपद्‌मा सिङ्गो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागिएको विदेश मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सघाउँदै उक्त ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो।

रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, मानवीय सहायता तथा विपद् राहत सामग्री, आवश्यक उपकरण र जनशक्ति बोकेको उक्त विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस