आन्तरिक वायुसेवा दायित्व विधेयकमा १५ सांसदको संशोधन प्रस्ताव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १५, सोमबार (४९ मिनेट अघि)
  • ३३ पटक पढिएको
आन्तरिक वायुसेवा दायित्व विधेयकमा १५ सांसदको संशोधन प्रस्ताव

काठमाडौ, १५ भदौ। आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ मा १५ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् ।

सांसदहरू भुवन बहादुर सुनार, प्रेम प्रसाद दंगाल, मदन कुमारी शाह (गरिमा), सुरेश कुमार आलेमगर, रेनु चन्द, नरबहादुर बिष्ट, श्रीकृष्ण प्रसाद अधिकारीको संशोधन प्रस्ताव छ ।

यसैगरी, सांसदहरू खम्मबहादुर खाती, विष्णुकुमारी सापकोटा, धर्मेन्द्र पासवान, पदम बहादुर परियार, वासुदेव घिमिरे, विष्णुबहादुर विश्वकर्मा, सावित्री मल्ल र घनश्याम रिजालले संशोधन प्रस्ताव राखेका छन् ।

आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक १४ साउन २०८३ मा राष्ट्रिय सभामा दर्ता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले ल्याएको विधेयकमा आन्तरिक वायुसेवालाई सुरक्षित, भरपर्दो, गुणस्तरीय तथा जिम्मेवार बनाउने भनिएको छ ।

हवाई यात्रुको अधिकार संरक्षण गर्दै दुर्घटनाबाट यात्रुलाई लाग्नसक्ने चोटपटक वा हुनसक्ने अंगभंग वा मृत्यु वा उडान विलम्ब, यात्रास्थगन लगायतका कारणले यात्रु, मालसामान वा तेस्रो पक्षमा पुग्न सक्ने क्षति सम्बन्धमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी कानुनी व्यवस्था गर्न आवश्यक भएकोले विधेयक ल्याएको मन्त्री पौडेलले विधयकमै लेखेका छन् ।

‘यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा आए पश्चात यसले एकातिर हवाई यात्रु तथा तेस्रो पक्षलाई क्षतिपूर्तिको कानूनी अधिकार सुनिश्चित गर्छ भने अर्कोतिर वायुसेवा सञ्चालकहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप व्यावसायिक र जोखिम-मुक्त बनाउन मद्दत पुर्‍याउँछ’, मन्त्री पौडेलले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस