आन्दोलनको मौका छोपेर फरार कैदी सिरहाबाट पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (१ हप्ता अघि)
  • ७८ पटक पढिएको
आन्दोलनको मौका छोपेर फरार कैदी सिरहाबाट पक्राउ

सिरहा, ०९ चैत। केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा न–७ का ३७ वर्ष अन्जनी कुशवाहालाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट कुशवाह फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कुशवाहा कारागारबाट भागेर आफ्नै घरमा लुकिछिपी बसेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुशवाहालाई सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अगाडि बढाइएको एसपी पाठकले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस